५ असार,विराटनगर ।
एन आई सी एशिया बैंक लिमिटेडले विराटनगर महानगरपालिका परिसरमा बिस्तारित काउन्टर संचालनमा ल्याएको छ । महानगरपालिका भित्रै संचालनमा ल्याइएको काउन्टरको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् ।
संचालनमा ल्याइएको एक्सटेन्शन काउण्टरबाट कर्जा बाहेकका सबै सेवा प्रदान गरिने एनआइसी एशिया बैंक लिमिटेडका उपप्रादेशिक कर्जा प्रशासन प्रमुख हिराप्रसाद पौडेलले बताए । सो अवसरमा विराटनगर महानगरपालिकाका मेयर पराजुलीले महानगरपालिका परिसरभित्रै काउन्टर संचालनमा आउँदा सेवाग्राहीलाई सहज हुने विश्वास ब्यक्त गरे । उनले बैंकले ग्रामिणक्षेत्रका जनतालाई लक्षित गरेर गरिब र कृषि मुखी कार्यक्रम ल्याउने बिषयमा समेत जोड दिए ।
एनआईसी एशिया बैंकका उपप्रादेशिक कार्यालय प्रमुख बिष्णुप्रसाद आचार्यले प्रदेश १ का १४ जिल्ला मध्ये ११ जिल्लामा बैंकको ५३ वटा शाखा रहेको जानकारी दिँदै ३ लाख बढी ग्राहक बैंक संग आवद्ध रहेको बताए । उनले देशभरिमा सो बैंकको २ सय ९४ वटा शाखामा १६ लाख ग्राहक आबद्ध रहेको समेत जानकारी दिए । महानगरपालिका परिसरमा सन्चालनमा ल्याइएको काउन्टर सो बैंकको ५० औं बिस्तारित काउन्टर रहेको जनाइएको छ ।