आज देशका धेरै ठाँउमा पानी पर्ने

आज देशका धेरै ठाँउमा पानी पर्ने

५ साउन, काठमाण्डौ ।

देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

केही ठाउँमा हल्कापानी पर्ने र मध्यपूर्वमा भने आइतबार राति ठूलो वर्षा हुनसक्ने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अबको दुई दिनपछि मनसुन फेरि सक्रियहुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस अघिको पानीले जमिन भिजि सकेकाले अब फेरि पर्ने वर्षाले पहाडी क्षेत्रमा पहिरोको खतरा हुने महाशाखाको पूर्वानुमान छ ।

असार २६ गतेदेखि लगातार केही दिन परेको पानीले तराईका धेरैजसो क्षेत्र डुबानमा परेका थिएभने पहाडी क्षेत्रमा पहिरोको समस्या पनि देखिएका थिए । बाढी पहिरो र डुबानमा परी ९० जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घर परिवार विस्थापित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.