आज साउने सोमबार, शिवलिङ्गमा जल चढाउनको घुइँचो

आज साउने सोमबार, शिवलिङ्गमा जल चढाउनको घुइँचो

६ साउन, सिरहा ।
आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवलिङ्गहरुमा जल चढाउनेको भिँड लागेको छ । विशेष गरी काठमाडौको पशुपतिनाथ, खोटाङको हलेसी,धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा लगायतका जलचढाउनेहरुको अत्याधिक भिड लागेको छ ।

पूर्वकै प्रमुख धार्मिक पर्यटकीयस्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो छ । गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको हो । साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने जनविश्वास छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ स्थित शिव मन्दिरमा लज चढाउनेको भिड लागेको छ । त्याहा मेला समेत लागेको छ । साउनलाई हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । साउन महिनालाई भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन ।

साउन महिनाको अर्काे आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्दछन् । भक्तजनहरुले बन्दिपुर स्थित कमला नदीको उतरबाहिनीबाट जल ल्याइ विभिन्न शक्ति पिठहरुमा चढाउने परम्परा छ । उतरबाहिनी नदी देखि मिर्चैया र सिरहाको आ–आफ्नो ठाउँ सम्म बोल बम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिर सम्म लाएर विधि बिधान अनुसारले जल चढाइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.