६ साउन, इटहरी ।
सुनसरीको बर्जु गाउँपालिका–५ बुढीपुल नजिक आइतबार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती ८ बजेको समयमा बेलाहबाट देवानगंज तर्फ जाँदै गरेको बीआए ३८ एफ ८९८९ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनमा मोटरसाईकल चालक सुनसरी देवानगंज गाउँपालिका–२बस्ने २५ वर्षीय धिरेन्द्र यादव गम्भिर घाइते भई उपचारको लागि बिराट नर्सिङहोम विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले जनाएको छ ।