एजेन्सी, साउन ६
हलिउड फिल्म ‘एभेन्जर्सस् इन्ड गेम’ विश्वकै सर्वाधिक व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ । चलचित्रले रिलिजको ८६ दिनसम्म आइपुग्दा २,७९०.२ मिलियन अमेरिकी डलर कलेक्सन गर्दै सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको हो ।
यस अघि बढी व्यापार गर्ने दश वर्ष अघि रिलिज भएको चलचित्र ‘अवतार’ले लाईफटाइम कलेक्सन २,७८९.७ मिलियन डलर गरेको थियो । ‘एभेन्जर्स’ले घरेलु बक्सअफिसमा २३४ दिन टिकेको ‘अवतार’लाई ५ लाख बढी अमेरिकी डलरले पछि पारेको हो ।
एभेन्जर्स निर्माता कम्पनी मार्भल स्टुडियो प्रमुख केभिन फेगले शुक्रवार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स स् एन्ड गेमले अवतारको कमाइलाई उछिनेको घोषणा गरेको थियो । अब अवतार दोस्रो स्थानमा पुगेको छ ।









