बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन

बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन

६ साउन, काठमाडौँ ।
संघीय संसद, राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

बार्षिक कार्ययोजनाका बारेमा सदस्यहरुबाट आएको सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने जानकारी सभापति तारादेवी भट्टले जानकारी दिए । उनले गत बर्षका कार्ययोजनाहरुलाई प्राथमिकताका आधारमा समावेश गरिने बताए ।

समितिले दिगो विकास लक्ष्य र प्राप्त उपलब्धिको अध्ययन, तुलना तथा अन्तराष्ट्रिय स्तरमा भएका प्रयास लगायत विषय समावेश हुने गरि एसडिजी सफ्टवेयर कर्नर सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ । यस समितिले दिगो एवं सन्तुलित विकास र सुशासन प्रवद्र्धन सम्बन्धमा सरकारबाट भएका काम कारवाहीको अध्ययन गर्ने गर्दछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.