६ साउन, काठमाडौँ ।
प्रभु बैकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईल मार्फत अनलाईन आवेदन गर्न सकिने एप्लीकेसन “Prabhu Easy Forex” संचालनमा ल्याएको छ । प्रभु बैक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरि “Prabhu Easy Forex” बारे जानकारी गराएको हो ।
बैक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई “Prabhu Easy Forex” ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैकले लिएको छ । “Prabhu Easy Forex” मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ ।
यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ । बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने÷ नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ ।
बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ ।