७ साउन, विराटनगर ।
मोरङको जहदा गाउँपालिका–१ बुधनगरमा सोमवार पोखरीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँका ६० वर्षीय किसन राजवंशीको मृत्यु भएको हो ।
अपरान्ह ४ बजे पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।