‘कबड्डी ३’को ‘दुबो फुल्यो’ गीतलाई लाग्यो चोरीको आरोप

‘कबड्डी ३’को ‘दुबो फुल्यो’ गीतलाई लाग्यो चोरीको आरोप

७ साउन, काठमाडौँ ।
नेपाली संगीत क्षेत्रमा एक पछि अर्को गीत चोरीको चर्चा चलिरहेका बेला चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको गीतलाई पनि चोरीको वात लागेको छ ।

संगीतकार आलोकश्रीले आफूले सिर्जना गरेको ‘कहिले फोटो सिरानीमा’ बोलको गीतबाट ‘दुबो फुल्यो’ चोरिएको आरोप लगाएका छन् । गीत सुन्दा पनि उस्तै उस्तै नै लाग्छ । एसडी योगीले ‘कबड्डी ३’को संगीत गरेका हुन् ।

आलोकश्रीले चलचित्रको टिमले नै फोन गरेर गीत मिल्न गएको र अब कसरी अगाडि बढ्न सकिन्छ भनेर कुरा गरेको बताएका छन् । उनले भने–‘मलाई चलचित्रको टिमले नै फोन गरेर गीत मिल्न गएको र अब कसरी अगाडि बढ्न सकिन्छ भनेर कुरा गर्नुभएको छ । आज मलाई निर्देशक रामबाबु गुरुङले भेट्दै हुनुहुन्छ । गीत नमिलेको भए उहाँहरुले किन फोन गर्नुहुन्थ्यो र ?’

उनले आफूले चर्चाका लागि मात्रै यो नगरेको बताए । उनले सहमती नभए कानुनी उपचार खोज्ने बताएका छन् । उनले भने–‘मेरो यति लामो सांगीतिक करिअर छ । कसैको गीतलाई यसरी हुबहु चोर्न त भएन नी । उहाँहरु सहमतीमा आउनुभयो भने ठिक छ । नत्र कानुनी उपचार खोज्छु ।’

यो बिषयमा ‘कबड्डी ३’का संगीतकार एसडी योगीले भने यसअघि सो गीत नसुनेको बताउँदै संयोगले मिल्न गएको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.