विश्वकप छनोट : नेपालले आज मलेसियासँग खेल्दै,जित्नैपर्ने दबाबमा नेपाल

विश्वकप छनोट : नेपालले आज मलेसियासँग खेल्दै,जित्नैपर्ने दबाबमा नेपाल

८ साउन, काठमाडौँ ।
सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियासँग खेल्दैछ ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल बिहान सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा कमजोर मानिएको कतारसँग पराजित भएपछि नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाब छ ।

अघिल्लो चरण प्रवेशको सम्भावना बनाउन उपाधि दाबेदार नेपाल मलेसियाविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । यसअघि एक खेल खेलेको मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।

पहिलो खेल जितेको मलेसियालाई घरेलु मैदानमा नेपालसंग ब्यहोरेको हारको बदला लिने अवसर प्राप्त छ ।कतारविरुद्दको खेलमा चोट बोकेका कप्तान पारस मलेसियाविरुद्द खेल्ने नखेल्ने सम्भावना छ हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो । अन्तिम पटक नेपाल र मलेसियाबीच गत हप्ता एसिया फाइनलको छनोट तयारीको रुपमा सिरिज खेलेका थिए । जसमा नेपालले एतिहासिक क्लिन स्विप गरेको थियो । यस प्रतियोगितामा नेपाल एक खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.