८ साउन, धनकुटा ।
तमोर नदीले बगाएर धनकुटा नगरपालिका–८ डाँडाटोलका ३ जना बालबालिका बेपत्ता भएका छन । नदीले बगाएर शंख बहादुर राईका ९ बर्षीय छोरा सन्दीप राई,७ बर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राई बेपत्ता भएका हुन् ।
गत साउन ५ गते दिउँसो ३ बजे राईको परिवार सहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा उनीहरुलाई नदीले बगाएको थियो । नदीले बगाएर बेपत्ता भएका उनीहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरे पछी बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ अन्य सुरक्षा निकायसंग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।