NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे शुक्रबार साउन ९ , २०८२
अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला शुक्रबार साउन ९ , २०८२
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे बिहिबार साउन ८ , २०८२
Next
Prev

समाचार

बाढी, पहिरो र डुबानबाट हुने समस्याको दीर्घकालिन समाधान खोज्न सरकारसँग माग

बुधबार साउन ८ , २०७६
Reading Time: 1 min read
A A
बाढी, पहिरो र डुबानबाट हुने समस्याको दीर्घकालिन समाधान खोज्न सरकारसँग माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ साउन, काठमाडौँ ।
राष्ट्रियसभा सदस्यहरुले बर्षेनी बाढी , डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालिन समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालिन समस्या समाधान हुने गरि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बर्षेनी गर्मीमा आगलागी र बर्षायाममा बाढी, डुबान र पहिरोको समस्या भोग्नुपर्ने विषय नेपालीका लागि नियमित आकस्मिकता भएको भन्दै उनीहरुले समस्या सम्बोधनमा गम्भीर बन्न आग्रह गरे ।

जितेन्द्र नारायण देवले प्राकृतिक विपद्बाट हुने क्षतिको न्युनीकरणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । समस्यालाई सधै राजनीतिकरण गरि पन्छाउने काम गरिएकाले मुलुक सधै प्राकृतिक विपद्को मारमा पर्दे आएको भन्दै उनले ‘समस्यालाई डाइभर्ट गर्ने प्रयासको राजनीतिकरण ’बन्द गर्न आग्रह गरे ।
उनले भने “नेपालको राजनीतिमा जहिलेपनि पानी माथि पनि राजनीति, जंगलमाथि पनि राजनीति , हरेक चिजमा राजनीति भयो । समस्याको समाधान कहिलेही पनि भएन । समस्या घर भित्र छ । समस्या हाम्रो कोट भित्र छ । समस्या हाम्रो जिउमा छ । तर हामी जहिले पनि पर पर पर त्यहाँ समस्या छ भनेर जहिले पनि डाईभट गर्ने । समस्या लाई डाइभट गर्ने प्रयासको राजनीतिकरण गर्यौ । गरिरहेका हुन्छौ । ”

गर्मीमा आगलागी र बर्षायाममा बाढी, डुबान र पहिरोको समस्या भोग्नुपर्ने विषय नेपालीका लागि नियमित आकस्मिकता भएको भन्दै उनले राज्यले प्राकृतिक विपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । उनले निर्मला पन्त प्रकरण सम्बन्धमा ‘हिजो पनि भएका थिए , आज पनि भएका छन् र भोली पनि हुन्छन्’ भनी गृहमन्त्रीले गैरजिम्मेवार पुर्ण अभिव्यक्ति दिएको भएपनि डुबानका बारेमा उनको विश्लेषणलाई आफुले सकारात्मक लिएको बताए ।

Advertisement

तटबन्धको राम्रो व्यवस्था नहुनु र अव्यवस्थित क्रसर उद्योग स्थापना हुनुले तराईक्षेत्रमा डुबान र बाढीको समस्या बढेको तथा अव्यवस्थित डोजर चलाएका कारण पहाडी क्षेत्रमा पहिरोको समस्या निम्तिएको गृहमन्त्रीको विश्लेषण सही भएको भन्दै उनले चुरे दोहन र अव्यवस्थित डोजर संचालन, क्रसर उद्योग स्थापना तथा तटबन्धको समस्या समाधान बारे छलफल गरिनुपर्ने बताए । चुरे संरक्षण, अव्यवस्थित डोजर चल्ने विषय तथा क्रसर उद्योग स्थापनाका बारेमा आन्तरिक छलफल गरि समाधान खोज्नुपर्ने तर्क उनले गरे । नदी र तटवन्धको विषयमा भने नेपाल र भारत सरकार मिलेर साझा समस्याको रुपमा लिदै समाधान खोज्नुपर्नेमा उनले जोड दिए । उनले दुवै मुलुकको सामुहिक समस्याको रुपमा लिई सामुहिक समाधान खोज्ने निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए ।

दिल कुमारी रावल पार्वतीले प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि पुर्व तयारी तथा पुर्व सुचना प्रणालीको व्यवस्था गर्दै जोखिममा रहेका बस्ती स्थानान्तरणको व्यवस्था मिलाउन सरकारसंग माग गरिन् । पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोमा परि ठुलो मानविय र भौतिक क्षति भएको भन्दै उनले बर्षेनी प्राकृतिक विपद्का घटनाबाट हुने क्षति कम गर्नका लागि पुर्व सर्तकता अपनाउने विषय तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सुमन राज प्याकुरेलले बर्षा संगैको बाढी र पहिरोका कारण तराईका जिल्लामा ठुलो नोक्सानी पुर्याएको भन्दै बाढी, पहिरो र डुबानको समस्या सम्बोधनका लागि चुरे दोहन रोक्ने र अव्यवस्थित क्रशर उद्योग खोल्ने काममा रोक लगाउनुपर्नेमा जोड दिए ।

सांसद कोमल ओलीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्युन गर्नका लागि नीतिगत रुपमा नै आवश्यक व्यवस्था गर्न माग गरिन् । त्यसैगरी चक्र प्रसाद स्नेहीले प्लस टु लाई माध्यमिक शिक्षामा गाभिएसंगै माध्यमिक तहमा गाभिएका १८ हजार शिक्षकहरुको सेवा सुविधा र दरवन्दीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले २०४६ सालमा उच्च माध्यमिक शिक्षा ऐन ल्याएर शिक्षा परिषद्बाट १२ कक्षा सम्मको व्यवसथा गरे पनि कार्यरत शिक्षकहरुको बारेमा आवश्यक प्रबन्ध गर्न नसक्दा समस्या भएको बताए ।

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले कंचनपुर सुडा गाविसका सुन्दरपुरका स्थानीयको बसोबासको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । कंञ्चनपुरको रौतेली बिचवा ३ हरैयाका स्थानीयलाई तात्कालिन शाही शुक्लाफाँटा बन्यजन्तु आरक्षको कार्यालयले आरक्ष विस्तार गर्ने भन्दै २०३८ सालमा सुडा गाविस सुन्दरपुरमा जग्गा उपलब्ध गराई जग्गाधनी प्रमाणपुर्जा दिएको भएपनि पछिल्लो समय सो लालपुर्जाको बैधानिकताको प्रश्न उठाएर विचौलियाले दुख दिने गरेको भन्दै उनले समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी रामनारायण विडारीले ठुलो संख्यामा युवाहरु लागु औषध र्दुव्यसनमा फसेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।स्वदेशमा रहेका युवाहरु कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरु बैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्दै समयमै त्यसतर्फ विचार पुर्याउनुपर्नेमा जोड दिए । त्यसैगरी मुलुकका विभिन्न स्थानमा निर्माण गरिएका राजमार्ग तथा छोटा सडकहरुमा पैदल यात्रुका लागि छुट्टै पेटीको व्यवस्था नभएको भन्दै सडक निर्माण गर्दा साईकलयात्री र पैदल यात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरे ।

बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले खेती लगाउने समयमा किसानहरुले आवश्यक मलखाद पाउन नसकेको भन्दै दाङमा मलखादको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उदय शर्मा पौडेलले राष्ट्रिय महिला आयोगमा लामो समय पदाधिकारी रिक्त भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

खिम कुमार विश्वकर्माले लोकसेवा आयोगको विज्ञापन संविधानले व्यवस्था गरे अनुसारको समावेशी समानुपातिक हुन नसक्दा राज्य र उत्पीडीत समुदायबीचको दुरीलाई बढाएको भन्दै सकारात्मक सोच सहितको निकास खोज्न माग गरे । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रमाण दोश्रो संसोधन विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

लोकप्रीय

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२

विचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२

थप समाचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
ताजा समाचार

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी
ताजा समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.