अविरल वर्षाले गाईघाट–कदमाहा सडक अबरुद्ध, यात्रुको विचल्ली

अविरल वर्षाले गाईघाट–कदमाहा सडक अबरुद्ध, यात्रुको विचल्ली

९ साउन ,सिरहा ।
सप्तरीको सुरुगा नगरपालिका लक्ष्मीपुरस्थित मुनि खोलामा आएको बाढीले सडक अबरुद्ध हुदा यात्रुहरु अलपत्र परेका छन् । गाईघाट र नेपालटार जाने मुख्यसडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू रोकिएका छन् ।

लगातार तीन दिनदेखि परेको अविरल बर्षाले मुनिखोलामा आएको बाढीले सप्तरीका बासिन्दाहरु बढी प्रभावित भएका छन् । सानो खोलाको रूपमा देखिने मुनिखोलाले बर्षायाममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो गर्ने गरेको छ ।

सुख्खा समयमा खोला जस्तो नदेखिने र बर्षायाममा पानीको बहाब बढ्दै गएपछि त्यसले क्षति पुर्याएको छ ।सो खोलामा आएको बाढीले प्रत्येक बर्ष लक्ष्मीपुर ,कर्हर्वा , चहका ,भेडिया लगायतका गाउँहरु डुबानमा पर्ने गरेका छन् ।

खोलामा पुल नहुदा काठमाडौं र बिराटनगर आउने जाने गाडीहरू गन्तव्यमा पुग्न नसक्दा सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । खोला नजिक बस्ने खाने ब्यवस्था नहुँदा यात्रुलाई झनै सास्ती भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.