९ साउन, दमक ।
झापाको दमक नगरपालिका–१ दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुँदा स्थानीय १८ बर्षिय बिक्रम लिम्बुको मृत्यु भएको छ । घटनामा दुई जना घाईते भएका छन ।
बुधबार दिउँसो पुरानो रिसिवीको कारण दुई समूह बिच ग्याङ फाईट भई छुरा हाना–हान भएको थियो । छुरा प्रहारबाट घाईते भएका लिम्बुको उपचारका क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो ।
त्यस्तै घाईते भएका सुजन भुजेलको सोहि अस्पताल र सरोज भण्डारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ग्याङ फाईटमा संलग्न ९ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।