९ साउन, विराटनगर ।
विराटनगर– १५ स्थित राम जानकी मन्दिर नजिकैबाट लागुऔषधसहित एक जना महिलालाई पक्राउ गरिएको छ । बिहीबार बिहान करिब ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर– १५ बस्ने ३० वर्षीया अरजिना खातुनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
खातुनले झोलामा लुकाएर राखेको लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद रू २६ हजार सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसबारे थप अनुसन्धान कार्य जारी रहेको छ ।
