९ साउन, विराटनगर ।
मोरङको जहदा गाउँपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार जहदा–१ धुनि बस्ने ४१ वर्षीय दिपक सरबरियाले को २ त ९०४६ नं को आफ्नै निजी ट्याक्टरबाट स्थानीय कुलबहादुर गुरुङको खेत जोतिरहेको अवस्थामा ट्याक्टर अकस्मात अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर पल्टिएर दिपक सरबरियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसबारे अन्य अनुसन्धान कार्य जारी रहेको जनाईएको छ ।