बाढीमा बेपत्ताका परिवारले पाए ५१ हजारको सहयोग

बाढीमा बेपत्ताका परिवारले पाए ५१ हजारको सहयोग

९ साउन, विराटनगर ।
मोरङको लोहन्द्रा खोलाको बाढीमा डुबेर बेपत्ता भएका कटहरीका सोमा सोरेनको परिवारलाई गांउपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । कटहरी गाउँपालिकाले बेपत्ता सोमाको परिवारलाई आर्थिक सहयोग स्वरुप ५१ हजार रुपैया उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्षसहितको टोलीले बिहीबार सोरेन परिवारको घरमै पुगेर सो राशी बराबरको चेक उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोमाकी श्रीमती डिल्ली सोरेनलाई राष्ट्रिय बाणिज्य बैंकको चेक हस्तान्तण गरेका हुन् ।

कटहरी गांउपालिका ४ का ६० बर्षिय सोमा सोरेन असार २८ गते आएको बाढीको क्रममा घर नजिकैको लोहन्द्रा खोलामा डुबेर बेपत्ता भएका छन् । प्रहरी र स्थानियबासीको टोलीले एकसाता बढी समयसम्म खोजतलास गर्दा पनि उनको अवस्था ज्ञात हुन सकेको छैन ।

लोहन्द्रा खोला पारीको जहदा गांउपालिका–४ मा रहेको खेतमा सब्जी टिप्न खोला तर्ने क्रममा उनी डुबेर बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.