९ साउन, ओखलढुङ्गा ।
ओखलढुङ्गाको लिखु गाउँपालिका ५ बस्ने ३७ बर्षीय लोक बहादुर पारियारको भिरबाट लडेर मृत्यु भएको छ ।
बिहीबार (आज) बिहान साढे १० बजे बजारबाट घर तर्फ फर्कने क्रममा सोहि स्थानमा रहेको भिरमा चिप्लिएर लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।