मौद्रिक नीतिमार्फत बैदेशिक अध्ययन र भ्रमणमा कडाइको संकेत

मौद्रिक नीतिमार्फत बैदेशिक अध्ययन र भ्रमणमा कडाइको संकेत

९ साउन, काडमाण्डौ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको एउटा बुदाँले अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत दिएको छ ।

१४३ नम्बरमा रहेको यस बुँदामा अध्ययन,सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमनगर्न आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख छ । बर्षेनी भ्रमण तथा अध्ययनका लागि मोटो रकम बाहिरिने गरेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितीमा समेत चाप परेको छ । कुन प्रयोजनकालागि पढ्न तथा घुम्न विदेश जान लागिएको हो सोको उपयुक्तता बुझेर सोही अनुसार नियमनगर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले विदेश जान कडाइ गर्दै यसअघि नै केही नीति लिइसकेको थियो । उसले विदेश भ्रमणमा जाँदा लिने सटही सुविधा १५ सय डलरमा झारिसकेको छ ।

एक व्यक्ति २५ सय डलरसम्म सटही गर्न सक्ने सुविधालाई राष्ट्र बैंकले यसअघि नै घटाएको हो । गतबर्ष विदेश भ्रमण र अध्ययनका लागि मात्र ८० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याँकमा छ । मौद्रिक नीतिको यो बुँदा कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.