पाकिस्तानी सीमा क्षेत्रमा धोनीको गस्ती

पाकिस्तानी सीमा क्षेत्रमा धोनीको गस्ती

९ साउन, भारत ।

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले काश्मिर स्थित पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनासँगै गस्ती गर्ने भएका छन् ।

दुई महिनाको लागि उनी सीमास्थित सैनिकहरुसँगै तालिम लिन समेत छनोट भइसकेका छन् । सेनाको मानार्थ कर्नेल उपाधि पाइसकेका धोनीले यसअघि नै सेना समक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै आग्रह गरेका थिए । सेनाले स्वीकृति दिएपछि अब धोनीले ‘प्यारासुट रेजिमेन्ट बटालियन’का सैनिक सँगै तालिम लिने छन् । उक्त तालिमको एक हिस्सा काश्मिर उपत्यकामा पनि हुने भएको हो । तर धोनीले सैनिकहरुले झैँ अपरेशनमै भाग लिनु पर्नेछैन ।

क्रिकेटर धोनीलाई २०११ मा त्यहाँको सेनाले मानार्थ कर्नेलको उपाधिले सम्मान गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.