कांग्रेसमा १४ औं महाधिवेशनबारे छलफल सुरु

कांग्रेसमा १४ औं महाधिवेशनबारे छलफल सुरु

९ साउन, काठमाण्डौ ।

नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल सुरु गरेको छ ।
वर्षात्पछि स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको हो ।

पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा केन्द्रिय कार्य समितिको बैठकमा औपचारिक छलफल सुरु गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सो प्रस्ताव पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका थिए भने उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्यलगायतले सो प्रस्तावमाथिको छलफलमा भाग लिएको प्रवक्ता शर्माले बताए ।

नेपाली कांग्रेसको गत जेठ २२ गतेबाट सुरु भएको केन्द्रिय कार्य समिति बैठकले यस अघि नै पार्टीको नियमावली पारित गरिसकेको छ ।

४ वटा एजेन्डा तय गरिएको जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.