प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि छविराज र शिल्पा पाेखरेल भूमिगत

प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि छविराज र शिल्पा पाेखरेल भूमिगत

काठमाडौ : चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन्।

यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। पोखरेल भने भोजुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्। बुधबार पक्राउ पुर्जी जारी भएपछि फिल्म छायांकन स्थलबाट शिल्पा पनि भुमिगत भएको छायांकन युनिटका एक व्यक्तिले बताएका छ।

निर्माता छविराजको जेठी श्रीमती हेमाले छविराज र शिल्पाविरुछ गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.