दुहवीमा बाढीले १० घर बगायो, ३० घर उच्च जोखिममा

दुहवीमा बाढीले १० घर बगायो, ३० घर उच्च जोखिममा

१० साउन, दुहवी ।
सुनसरीको दुहवी नगरपालिका –४ स्थित माहहट्टी बस्तीमा अविरल वर्षाका कारण आएको बाढीले कटान गर्दा १० घर बगाएर लगेको छ । बाढीका कारण ३० घरहरू उच्च जोखिममा छन् भने केही घरहरू क्षतिग्रस्त भएका छन् ।

बूढीखोला र टेङग्रा खोलामा आएको बाढीको कटानले नजिकैको बस्तीका मोहन घिमिरे, नाथुराम चौधरी, हृदयलाल सहनी, राजु सहनी, सुरेन्द्र शर्मा, नुरहसन मियाँ, सकिल मियाँ र कुदुस मियाँको लगायतका १० घरहरू बगाउँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ । हालसम्म कुनैपनि मानवीय क्षति भने नभएको बताइएको छ ।

दुहवी–४ का वडाध्यक्ष राजन बस्नेतका अनुसार बाढी प्रभावित ८ परिवारका ४१ जनालाई नेपाल प्रहरीको सहयोगमा दुहवी–४ स्थित बीपी आधारभूत विद्यालय र मदर्सा इस्लाहुलमा राखिएको छ । उनले बूढीखोला र टेङग्रा खोलामा तीव्ररूपमा कटान भइरहेकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा आउन वडा कार्यालयले अनुरोधसमेत गरेको जनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.