१० साउन, राजविराज ।
पुर्व सञ्चारमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।
१९८९ असोजमा जन्मिएका ८७ वर्षीय सिंह उच्च रक्तचापबाट पीडित थिए । उनले २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनापछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताएका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।
स्व. सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् । तिलाठी काईलाडीका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले चतुर्भुजप्रसाद सिंह निकै मेहनेती र सहयोगी नेता भएको बताउँदै आफुहरुले असल अभिभावक गुमाएको बताए ।