सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको खनालको दाबी

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको खनालको दाबी

१० साउन, काठमाडौँ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे ।

उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे । प्रहरी महानिरीक्षक खनालले लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भईरहेको उल्लेख गर्दै त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई सचेत गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धि २/२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको पनि स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनीकरण हुँदै गएको पनि जानकारी दिए । उनले सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.