१० साउन, काठमाडौँ ।
केही वर्षदेखि ‘नाईं नभन्नू ल’ सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्य निर्दे्शित चलचित्र ‘हजार जुनीसम्म’ को टे«लर सार्वजनिक भएको छ ।
चलचित्रको ट्रेलर शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो फिल्मको ट्रेलर निकै कन्फ्यूजन छ । को–कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ ।
फ्लोरमा निस्कँदै गर्दा फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीको जोडी रहेको निर्माण टिमले जानकारी गराएको थियो । तर, ट्रेलरमा प्रियंकालाई लुकाइएको छ । न त यसअघि पोस्टरमा नै स्थान दिइएको थियो । ट्रेलरले आर्यनको जोडी अभिनेत्री स्वस्तिमा खड्का हुनसक्ने संकेत गर्छ । यद्यपि, दुईलाई ट्रेलरमा एकसाथ देखाइएको भने छैन ।
ट्रेलरमा आर्यन र स्वस्तिमासँगै अभिनेता सलोन बस्नेत, नव–अभिनेता अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेल लगायतका कलाकारलाई पनि अटाइएको छ । फिल्ममा आर्यन दुई चरित्रमा प्रस्तुत छन् । यसमा उनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको चरित्र निभाएका छन् ।
साउन ३० गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मलाई पुरुषोत्तम प्रधानको खिचेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् । ‘हजार जुनीसम्म’ को कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । पोखरा, मुग्लिन, हेटौंडा, दमक र दार्जि्लिङ लगायतका ठाउँमा फिल्म खिचिएको छ ।









