बसको ढोकाबाट लडेर पथरीमा सहचालक गम्भीर घाइते

बसको ढोकाबाट लडेर पथरीमा सहचालक गम्भीर घाइते

१० साउन, मोरङ ।
मोरङको पथरीशनिश्चरे स्थित पूर्वपश्चिम राजमार्गमा बसको ढोकाबाट लडेर एक सहचालक गम्भीर घाइते भएका छन । शुक्रबार दिउँसो पथरीशनिश्चरे नगरपालिका–२ स्थित जयचौकमा पश्चिम तर्फ आईरहेको को १ ख ६६०८ नम्बरको बसका सहचालक मोरङको सुन्दरहैचा नगरपालिका–८ बस्ने बर्ष २९ को बलराम रिजाल उक्त बसको ढोकाबाट खसी गम्भीर घाइते भएका हुन ।

घाइते उनलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाईएको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.