११ साउन, काठमाडौँ ।
सिंगापुरमा जारी आईसीसी टी–२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत नेपालले तेस्रो खेल शनिवार कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ७ : १५ बाट सुरु हुने छ ।
तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सबैलाई आश्चर्य पारेको छ । कतारलाई १० रनले हराउन कुवेतले १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।
नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालले कुवेतसँगै आईतबार सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्ने छ । यता कुवेतको अघिल्लो चरण अविश्वसनिय अंकगणितीय संभावना मात्रै बाँकी छ ।
नेपालले सन् २०११ मा कीर्तिपुरमा भएको एसीसी टी २० खेलमा कुवेतमाथि १ रनको रोचक जित हात पारेको थियो । सन् २०१४ को एसियन गेम्समा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । जसक्रममा कुवेत २० रनमा अल आउट भएको थियो ।
यसअघि कतारसँगको खेलमा घाईते भएका कप्तान पारस खड्का कुवेतसँगको खेलमा मैदान उत्रने छन् । पारसले ढाडमा समस्याको कारण मलेसियासँगको खेल गुमाएका थिए । मध्येक्रममा ब्याटिङको चिन्ता भएको नेपाललाई उपकप्तान ज्ञानेन्द्र मल्लले भने लामो समयपछि खेलमा फर्किएको संकेत दिएका छन् । उनले मलेसियासँग २० बलमा अर्ध शतक थिए । यो नेपालका लागि अर्को बलियो पक्ष्य हो ।
नेपालका लागि कप्तान पारस खड्का,तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानको प्रर्दशन महत्वपूर्ण रहने छ । यता कुवेतका लागि इलायस अहमद,मोहम्मद काशिफ र राभिजा सन्दरवान प्रमुख खेलाडी हुन् ।