विराटनगर : विराटनगर महानगरपालिकाका तीन वडाहरु फेरी डुबानमा परेका छन् । केही दिनदेखि निरन्तर रुपमा भएको वर्षासँगै आएको बाढीले प्रदेश १ को राजधानी विराटनगर फेरी डुबानमा परेको छ ।
यसअघि आएको बाढीले विस्थापित भएकाहरु घर फर्केर काममा जान सुरु भएका बेला शुक्रबारदेखि फेरी डुबानमा परेका छन् । डुबानमा परेका विस्थापित परिवारहरु सुरक्षित स्थानमा बसेका छन् ।विराटनगरका वडा नम्बर ६, १२ र १६ का बस्तीहरु डुबानमा परेका छन् ।
स्थानीय केशलिया खोलाको पानीको सतह बढेर महानगरको वडा नम्बर ६ हुँदै १२ र १६ को दरैया बस्तीमा शुक्रबार साझसम्म पानीको वहाव बढ्दै गएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।