सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर युवतीको मृत्यु

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर युवतीको मृत्यु

११ साउन, रामेछाप ।

रामेछापमा सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छन् ।

कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

करिब पाँच किलोमिटर माथिबाट बगाएका उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.