मोरङको कानेपोखरीबाट दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ

मोरङको कानेपोखरीबाट दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ

मोरङ, साउन ११ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका–४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो ।

हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.