दुई बिघा मकैबारीमा अफिम, प्रहरी गाउँ पस्दा स्थानीय जंगलतिर

दुई बिघा मकैबारीमा अफिम, प्रहरी गाउँ पस्दा स्थानीय जंगलतिर

काठमाडौं : केही समयअघि नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरोको एउटा टोली मकवानपुरतिर लाग्यो। टोलीको उद्देश्य थियो– अफिम खेती नष्ट गर्नु। ‘हामीले मकवानपुरका विकट गाउँमा अफिम खेती हुन्छ भन्ने सूचना पाएका थियौं।

सूचना भेरिफाई गर्‍यौं र अफिम खेती नष्ट गर्ने उद्देश्यले मकवानपुरतिर लाग्यौं’, ब्युरोका डीएसपी कृष्णगोपाल पनेरु भन्छन्, ‘त्यहाँ पुगेपछि हामीले अर्कै संसार देख्यौं। गाउँमा ८०–९० वर्षका बूढाबूढी मात्रै थिए। हामी पुगेको थाहा पाएपछि सबै मानिस जंगलतिर भागेछन्।’

डीएसपी पनेरूका अनुसार ८–१० वर्षदेखि नेपालका विभिन्न जिल्लामा अफिम खेती मौलाउँदो छ। यस्तै नष्ट गर्ने प्रवृत्ति पनि बढेको छ। त्यसैले अफिम नष्ट गरेको अनुभव उनीजस्ता धेरै प्रहरी अधिकारीसँग छ। तीमध्येका एक हुन् रौतहटका डीएसपी नवीन कार्की। २०७५ साल सकिनै लागेका बेला कार्कीसमक्ष अफिम खेतीको सूचना आयो।

सूचनाका आधारमा रौतहट प्रहरीले अप्रेसन चलायो। ‘हामीले मकैबारीमा लुकाएर अफिम खेती भइरहेको पायौं। त्यसअघि मकैबारीमा अफिम खेती भएको भेटिएको थिएन’, कार्की भन्छन्, ‘हामी त्यहाँ पुग्दा अफिम खेती गर्ने मान्छे भागिसकेका थिए। दुई बिघा मकैबारीभित्र लगाइएको अफिम नष्ट गर्‍यौं।’ ,यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.