संसदीय समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने

संसदीय समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने

१२ साउन, काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले काठमाण्डौको कालिमाटीस्थित केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहल स्थित खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकले समिति सदस्य मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक पनि तोकेको छ । अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धीत मन्त्री र सचिवलाई बोलाएर छलफल गरि सरकारलाई आवश्यक निर्देशन दिने सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।

काठमाण्डौ उपत्यकाको कालीमाटी बाहेक मुलुकका प्रमुख नाका लगायत स्थानमा विषादी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएको कारण देखाउदै आयातित खाद्य सामाग्रीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि यो विषयले चर्चा पाउदै आएको छ ।

यस सम्बन्धमा सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुन परीक्षणको काम सुरु गर्न थालिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.