विराटनगर : युवा संघ नेपाल मोरङका नेता किरण लामा असावधानीवश सवारी चलाएको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सवारी ज्यान मुद्धामा तीन सातादेखि मोरङ प्रहरीको हिरासतमा रहेका लामालाई जिल्ला अदालतका न्यायाधिश कृष्णमुरारी शिवाकोटीको इजलासले कारागार चलानको आदेश गरेको हो ।
गत असार १४ गते राती लामाले चलाएको बा २० च ७४० नम्बरको कारको ठक्करले शंकर कुमार मिश्रको ज्यान गएपछि उनी १६ गते पक्राउ परेका थिए ।
लामाले चलाएको कारले विराटनगरको बरगाछीमा को ३ प ५६४३ नम्बरको मोटरसाईलामा ठक्कर दिँदा घाईते भएका मिश्रको सोही राती उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको थियो ।