१३ साउन, काठमाडौं ।
टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किदै छ । नेपाली टोली मलेसियन एयरलाइन्सबाट सोमबार राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको जनाइएको छ।
फिर्ता हुने नेपाली टोलीमा सन्दीप लामिछाने र सोमपाल कामी भने हुने छैनन् । आइतबार नै लामिछाने र कामी भने क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न गएका हुन् ।
नेपाली टोली अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यससँगै नेपालको विश्वकप खेल्ने सपना तुहिएको थियो । सिँगापुर भने विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।