१३ साउन, मोरङ ।
मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी सोमबार बिहान घर नजिकै रहेको फलैँचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडेका अधिकारीको कुलोमा पर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।