कांग्रेसको नाराबाजी पछि संसद बैठक स्थगित

कांग्रेसको नाराबाजी पछि संसद बैठक स्थगित

१३ साउन, काठमाडौँ ।
नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए । सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘शुन्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए ।

उनीहरुले संसदीय सर्वोच्चता कामय गर,मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे ।आशन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.