लागु औषधसहित धरानबाट १ जना पक्राउ

लागु औषधसहित धरानबाट १ जना पक्राउ

१३ साउन, सुनसरी ।
धरान उप–महानगरपालिका–८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन् । आइतबार साँझ अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरान तर्फ जादै गरेको यात्रुबाहक बस रोकी बसमा सवार धरान २ बस्ने साहीलाई नियन्त्रणमा लिईएको हो ।

उनले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.