पाकिस्तानमा आवासीय क्षेत्रमा विमान दुर्घटना १७ जनाको मृत्यु

पाकिस्तानमा आवासीय क्षेत्रमा विमान दुर्घटना १७ जनाको मृत्यु

पाकिस्तानको रावलपिण्डीमा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।

रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको सानो विमान आवासीय क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

 दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको छ ।  राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.