विराटनगरमा रहेका २ हजार भारतीयले लिए प्रमाणपत्र

विराटनगरमा रहेका २ हजार भारतीयले लिए प्रमाणपत्र

१४ साउन, विराटनगर ।भारतीय राजदुतावास, काठमाडौ र मोरङ व्यापार संघले संयुक्त रुपमा विराटनगरमा कार्यरत÷अध्ययनरत भारतीय नागरिकहरुका लागि खुल्ला गरेको तीन दिने रजिष्ट्रेशन क्याम्पमा २ हजार भारतीय नागरिकले दर्ता प्रमाण पत्र लिएका छन्।

पहिलो दिन उक्त क्याम्पबाट ५ सय बढी भारतीय नागरिकहरुले दर्ता प्रमाण पत्र प्राप्त गरेकामा पछिल्लो २ दिनमा गरी २ हजार जनाले प्रमाणपत्र लिएका मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए । २५ जतिको आवेदन परेपनि अन्तिमदिन चापका कारण कतिपयले प्रमणपत्र लिन नसकेकाले त्यस्ता आवेदनलाई दुतावासमा बुझाईएको तथा कतिपयको आवश्यक प्रमाण नपुगेको मुन्दडाले बताए ।

भारतीय राजदुतावास, काठमाडौंलाई अनुरोध गरी यस क्षेत्रमा कार्यरत÷अध्ययनरत हजारौँ भारतीय नागरिकहरुलाई सहज हुने गरी प्रमाणपत्र वितरण गरिएको उनको भनाई छ । साउन ११ गतेदेखि १३गतेसम्म चलेको रजिष्ट्रेशन क्याम्पमा भारतीय चुनाव परिचय पत्र÷पासपोर्ट÷राशन कार्ड÷मुल स्थायी निवास प्रमाण–पत्र भएकालाई प्रमाण पत्र दिइएको थियो ।

यस्तै कार्यरत नागरिकहरुले आफु कार्यरत उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरण सहितको प्रमाण, बसोवासको प्रमाण, पासपोर्ट साईज फोटो–२ प्रति पेशगरी प्रमाणपत्र लिएका छन । यस अघिपनि व्यापार संघको पहलमा गत २०७५ पौषमा संघमा एक दिने दर्ता क्याम्प आयोजना गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.