१४ साउन २०७६,विराटनगर ।
विराटनगरका युवाहरुले राष्ट्रप्रेमी सहयोग केन्द्र संचालनमा ल्याएर विपन्न र पीडित वर्गलाई सहयोगगर्ने अभियान चलाएका छन् ।
राष्ट्रप्रेमी फाउण्डेशन नेपाल,राष्ट्रप्रेमी युथ क्लब र मिशन नेपालमा आबद्ध यूवाहरुले यस्तो अभियान चलाएका हुन । एकिकृत भएर अभियान चलाएका उनिहरुले आपत–विपत, दैविकप्रकोप तथा बाढीले सताइएका पीडितहरुलाई विभिन्न प्रकारले सहयोग गर्ने गरेका छन । पछिल्लो समय उनिहरुले बाढीले सताइएका तथा विपन्नवर्गलाई सहयोग गर्ने उद्धेश्य सहित पूराना प्रयोग गर्न मिल्ने लत्ता कपडा तथा सामाग्रि संकलन एवं वितरण केन्द्र संचालनमाल्याएका छन् । जसका लागि विराटनगर १५ स्थित विराटनगर जुट मिल सामुन्ने सहयोग संकलन डेस्क राखिएको छ ।

युवाहरुले सो डेस्क मार्फत स्थानीयस्तरबाट संकलित लत्ताकपडा र अन्य सामाग्रि आवश्यकता भएका ब्यक्तिलाई वितरण गर्ने गरेका छन । साउन १० बाट संचालनमा ल्याइएको सहयोग संकलन केन्द्रलाई स्थानीय कपडा ब्यवसायीहरुले आफ्ना ओल्ड स्टकमा भएका लत्ताकपडा दिएर सघाएको राष्ट्रप्रेमी युथ क्लबका अध्यक्ष प्रवीण भुजेलले जानकारी दिए ।
स्थानीयवासीले समेत आफुलाई आवश्यकता भन्दा बढी रहेका लुगाफाटा उपलब्ध गराएर सहयोग गरिरहेको उनले जानकारी दिए । चार दिनमा २ सय बढी ब्यक्तिले सहयोग केन्द्रबाट आफुलाई आवश्यक लुगाफाटा लिएर गएको उनले बताए । सहयोग केन्द्रमा २० जना युवाहरु खटिदैआएका छन्।