कटहरीमा आधारभूत स्वास्थ्य केन्द्र संचालन

कटहरीमा आधारभूत स्वास्थ्य केन्द्र संचालन

१४ साउन, विराटनगर ।

मोरङको कटहरी गांउपालिकाका दुईवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको छ । सो गांउपालिकाको वडानम्बर २ र ४ मा मंगलबारबाट संचालनमा ल्याइएको केन्द्रको गांउपालिकाका प्रमुख रामकुमार कामतले उदघाटन गरे ।

वडानम्बर २ मा मुख्यचोकको दक्षिण र वडानम्बर ४ को नयाँबजारमा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको छ । केन्द्रमा एक जना हेल्थ असिस्टेन्टको नेतृत्वमा रहने ३ जनाको टोलीले विरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन । केन्द्रबाट खोप,परिवार नियोजन,गर्भवती एवम् शिशु जांच,साधारण प्रसुती,नवजात शिशु सेवालगायतका विभिन्न १२ प्रकारका सेवा उपलब्ध गराइने कटहरी गांउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले जानकारी दिए ।

 

गांउपालिका प्रमुख कामतले आफ्नै घरदैलोमा संचालन गरिएको केन्द्रबाट अधिकतम लाभ लिन स्थानीयलाई आग्रह गरे । उनले हालका लागि घर भाडामा लिएर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको भएता पनि छिट्टै आधुनिक भवन निर्माणगरि सबै वडामा स्वास्थ्य सेवा संचालन गरिने जानकारी दिए । विभिन्न७ वटा वडा रहेको सो गांउपालिकाको वडा नम्बर १ र ५ मा स्वास्थ्य सेवा केन्द्र संचालन हुन बांकी रहेको जनाइएको छ ।

कार्यक्रममा गांउपालिकाका उपप्रमुख मन्जिता सरदार,वडा नम्बर ४ का वडाध्यक्ष मन्टू शेखसहित गांउकार्यपालिकाका पदाधिकारी र सर्वसाधारणको सहभागिता थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.