१४ साउन, विराटनगर ।
संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ती पार्टीबीच मोरङमा समायोजन भएको छ ।
मंगलबार भएको समायोजन पछि बनेको समाजबादी पार्टी नेपालको मोरङ अध्यक्षमा राजकुमार यादवलाई चयन गरिएको छ । १ सय १५ सदस्यिय समाजबादी पार्टी मोरङको ४ जना उपाध्यक्षह?मा केशरमान गु?ङ,तिर्थराज घिमिरे,नवराज दाहाल र त्रिलोचन गौतमलाई चयन गरिएको छ । ९ सदस्यिय अन्य पदाधिकारीह?मा सचिव रछामी किरांती,सहसचिवद्वय ओम ढकाल र मन्तलाल यादव तथा कोषाध्यक्षमा महेश्वर यादव रहेका छन् । यसैगरि सदस्यह?मा बिजयसिंह गन्गाई,कमला साह,हरि न्यौपाने र डिएगो चेम्जोङ लगायत छन् ।
समायोजन पछि नयाँ नेतृत्वको अध्यक्षताको जिम्मेबारी पाएका यादवलाई समाजबादी पार्टी नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतले सपथ ग्रहण गराए । लगत्तै अध्यक्ष यादवले जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यह?लाई सपथ ग्रहण गराए । सो अवसरमा बोल्दै समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम प्रदेश सभा सदस्य जयराम यादव,केन्द्रीय सदस्य तेजलाल कर्ण,नयाँ शक्तिका प्रदेश संयोजक प्रभुराम श्रेष्ठ र सङघीय समाजबादी फोरम नेपालका प्रदेश संयोजक प्रवीण चाम्लीङ लगायतले पार्टीको सिद्धान्त र आफ्ना एजेण्डा ?
जनताको घरघरमा पुगेर स्थापितगर्न सहभागि पार्टी पदाधिकारी तथा कार्यकर्तालाई आग्रह गरे । सो पार्टीको प्रदेश एकको धनकुटा जिल्ला समिति यसअघि नै समायोजन भइसकेको छ भने पाँचथर समायोजन घोषणाको अन्तिम तयारीमा रहेको समाजबादी पार्टी नेपालले जनाएको छ ।