औडी कपको उपाधि टोटेनहमलाई

औडी कपको उपाधि टोटेनहमलाई

एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्स्परले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै औडी कप उपाधि हात पारेको छ ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि स्पर्सले सडन डेथमा ६-५ को जित दर्ता गरेको हो । जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भएको थियो । त्यसअघि टाइब्रेकरमा स्पर्सका क्रिस्टियन एरिक्सन तथा बायर्नका डेविड अलावाको प्रहार गोल हुन सकेको थिएन ।

टोटेनहमले पहिलो हाफमा एरिक लामेलाको गोलमा अग्रता लिएको थियो । उनले जर्जेस केभिन एनकुडुको क्रसलाई गोलमा परिणत गरेका थिए । एरिक्सनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेपछि इंग्लिस टोली २-० ले अगाडी बढेको थियो । जवाफमा बायर्नले जान फिएट आर्प र अल्फोन्सो डेभिसको गोलमा खेल बराबरीमा ल्याएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.