ग्लोबल टी–२० मा सोमपाल कामी आवद्ध टिमले ब्रोम्पटन उल्भ्ससँग खेल्ने

ग्लोबल टी–२० मा सोमपाल कामी आवद्ध टिमले ब्रोम्पटन उल्भ्ससँग खेल्ने

साउन १६, एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामी आवद्ध टिम विनीपेग हक्सले बिहीबार ब्रोम्पटन उल्भ्ससँग खेल्नेछ ।

नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुने खेलमा हक्स तेस्रो जितका लागि मैदानमा उत्रनेछ ।

यसअघिको खेलमा सन्दीप लामिछानेको टिम टोरन्टो नेश्नल्सलाई तीन विकेटले हराएको हक्सको तीन खेलबाट चार अंक रहेको छ । उसले दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।

आजको खेलमा नेपाली खेलाडी सोमपाल कामी खेल्ने मौका पाउने संभावना न्यून रहेको छ । रायाद इम्रितको कप्तानीमा रहेको टिममा सोमपाल पहिलो पटक आवद्ध भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.