साउन १६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुने निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागिउद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावीगर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’ सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै उनले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि थुप्रै नीतिलिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनिनिजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।
उनले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारेका छन् ।
अर्थमन्त्री खतिवडाले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानकालागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
उनले भन्सार प्रशासनमा सुधार ल्याउने काममा सुधार हुँदै गएको दावी पनि गरे । महानिर्देशक दंगालले देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिएका छन् ।