सुनमै जाम भयो ३४ अर्ब ६१ करोड रुपैयाँ, मूल्य बढेपछि २५ प्रतिशत पनि बिक्री भएन

सुनमै जाम भयो ३४ अर्ब ६१ करोड रुपैयाँ, मूल्य बढेपछि २५ प्रतिशत पनि बिक्री भएन

१८ साउन ,काठमाडौं ।

गत आर्थिक वर्षमा नेपालले सुन आयात गर्न ३४ अर्ब ६१ करोड रुपैयाँको खर्चेकोे छ ।

नेपालीले सात हजार ४ सय ९३ किलो सुन भित्र्याएर विदेशी मुलुकमा सो रकम पठाएको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५मा विदेशबाट नेपालमा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो ।

सुनको मूल्य बढेसँगै आयात पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपाली धर्म संस्कृतिसँग जोडिएको सुन तरल पुँजीको रुपमा स्वीकार्य भएपनि अहिलेसम्म सरकारले यसको उपयोग गर्न सकेको छैन ।

यस वर्षको बजेटले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने भने पनि अहिलेसम्म कार्यविधि बन्न नसक्दा सुन लकरको सो मात्रै बन्दै आएको छ । सुनलाई निक्षेपको रुपमा उपयोगमा ल्याउने अख्तियारी बजेटले दिएपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्यो । जेठ १५ मै बजेट हो । नेपाली अभ्यासमा नितान्त नयाँ व्यवस्था कार्यान्वयनमा लैजान हालसम्म राष्ट्र बैंकसँग कुनै मोडेल छैन ।

असोजसम्म कार्यविधि बनाउने तयारीमा राष्ट्र बैंक लागि परेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘हामी सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने कार्यविधि बनाउने तयारीमा लागेका छौं,’ उनले भने ‘सरोकारवालासँग छलफल गरेर यसको टुंगो लाग्छ ।’
सुन तरल पुँजी भएपनि अहिलेसम्म धितोको रुपमामात्रै प्रयोग हुँदै आएको थियो । अब कार्यविधि बनेपछि बैंकमा सुन राखेर ब्याज पाइने प्रवक्ता निरौलाले बताए ।

सुन अहिलेसम्मकै सर्वाधिक मह्गो

शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार ८ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको असर नेपाली बजारमा परेकोह हो । यस अघि साउन ३ गते र असार १० गते इतिहासमै पहिलो पटक प्रतितोला सुन ६५ हजार ५ सयमा कारोबार भएको थियो ।
डलरको मूल्यसँगै उतार चढाब हुने सुनको मूल्य २०७० भदौ १२ गते एक तोला सुनको ६३ हजार ३ सय रुपैयाँ तिर्नु परेको थियो । त्यसयता ५० देखि ६० हजारको बीचमा रहेको सुन अहिले सर्वाधिक मह्गो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अमेरिकी फेडल रिजर्भ बैंकले गत जुलाई ३१ मा ब्याजदर घटाएर ०.२५ प्रतिशतमा झारेपछि लगानीकर्ताको ध्यान सुनमा पर्दा मूल्य बढेको हो । त्यसरी अमेरिकी राष्ट्रपनि रोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ अर्ब मूल्य बराबरको सामानमा १० प्रतिशतले भन्सार महसुश बढाएका कारण यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुन बजार मह्गिएको उनले बताए । ‘पछिल्लो अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ,’ शाक्यले भने ‘यसले पनि घरेलु बजारमा सुनको मूल्य बढाउन सहयोग गरेको हो ।

२५ प्रतिशतपनि छैन सुन व्यापार

पछिल्लो समय सुन मह्गो भएपछि घट्दै गएको सुन बजार अझ तल ओर्लिएको छ । बिहीबार ६५ हजार रुपैयाँमा कारोबार भएको प्रतितोला सुन एक्कै दिनमा ८ सय रुपैयाँले बढेर ६५ हजार ८ सय पुगेको शाक्यले बताए । बजार माथि जाँदा कारोबार तल ओर्लिएको छ उनले भने ‘अहिले अन्य समयको भन्दा २५ प्रतिशत पनि सुन बिक्री हुन सकेको छैन ।’ विकासन्युज

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.