निर्मला हत्याको त्रासले उखुबारी मासियो

निर्मला हत्याको त्रासले उखुबारी मासियो

१८ साउन ,कञ्चनपुर ।

 वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका थिए ।

उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको हो ।

तीन पटक बाली लिन सकिने उखु खेतीलाई खेत ठेक्कामा लिएका हरिप्रसाद राठौरले निर्मलाको शव भेटिएपछि अन्तिम पटककको बाली नलिई नष्ट गरिदिएका छन् ।नागरिक दैनिक

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.