१८ साउन ,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिंगापुर जाने भएका छन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली जान लागेका हुन् ।
स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा।दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । ओली सिङ्गापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाँदैछन् ।