साउन १८, विराटनगर । विराटनगर वडा नं. ११ का स्थानीयहरुले सामूहिक रुपमा सहनी समाज गठन गरेका छन् ।

विराटनगर–११ का स्थानीयले एक विशेष कार्यक्रम गर्दै शनिवार सहनी समाज गठन गरेका हुन् । शिवराम सहनीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति गठन गरि पदाधिकारी चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा उमा सहनी, सचिवमा विकेश सहनी लगायत चयन भएका हुन् । समितिको प्रमुख वरिष्ठ सल्लाहकारमा पन्नालाल सहनी लगायतलाई चयन गरिएको छ ।
११ सदस्सीय समितिमा ११ जना सल्लाहकार चयन गरिएका छन् । सहनी समाजले सहनी समुदायको हितका लागि काम गर्ने अध्यक्ष शिवराम सहनीले बताए ।
उनले परापूर्वकालबाट चलि आएको तर अहिले लोप हुदैं गएको आफ्नो समुदायको संस्कृति, परम्परालाई जोगाई राख्नका निम्ति सवै सहनी समुदायसंग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
त्यस क्रममा एउटा टोलमा मात्र सिमित नभएर विभिन्न टोल समाजमा गई विभिन्न कार्यक्रमको आयोजना, आफ्नो समुदायका मानिसहरुलाई जागरुक बनाउन जागरण अभियान सञ्चालन गर्ने पनि अध्यक्ष सहनीले बताएका छन् ।